काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबार (चैत १९ गते) देखि १८ घण्टा सञ्चालनमा आउने भएको छ । मंगलबारदेखि विमानस्थल बिहान ६ देखि रातको १२ बजेसम्म सञ्चालन हुने नेपाल नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ ।

गत्त कात्तिक २३ देखि विमानस्थल स्तरोन्नतिका लागि रातको समयमा बन्द हुने गरेको छ । सुरुमा १० घण्टा बन्द गरिएको विमानस्थल पछि आठ घण्टामा झारिएको थियो ।

प्राधिकरणका अनुसार रातिको काम लगभग सकिएको छ । बाँकी काम बन्द नगरी पनि गर्न सकिन्छ ।