विराटनगर– सुनसरीमा सोमबार दिउँसो आगलागी हुँदा २६ घर टहरा जलेर नष्ट भएको छ । मुस्लिम बहुल हरिनगर–५  मलदैया टोलमा आगलगी हुँदा ९ परिवारको २६ वटा बसोबास स्थल जलेका हुन् । 

प्रहरीका अनुसार आगलागीको कारण खुलेको छैन । दिउँसो ३ बजे सुरु भएको आगो देवानगञ्ज, कोशी गाउँपालिका, इनरुवा, दुहबी नगरपालिका र इटहरी उपमहानगरपालिकाबाट आएको दकमलको सहयोगमा साढे ४ बजे नियन्त्रणमा आएको थियो । 

प्रहरीका अनुसार आगलागीमा ३१ लाख बराबरको क्षति भएको छ । हरिनगर–५ का सिकिन्द्र अली, जुवेर अली, सबिर मियाँ, अबुहेलाल मियाँ, इम्तयाज मियाँ,  अस्फाक आलम, अनसाक आलम, प्रवेज मियाँ, इरफान मियाँ, कैसर आलम, पैयाज आलमको घर अन्नपात, लताकपडा र नगद जलेको हो ।