विराटनगर — नागरिक लगानी कोष एवं मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयबीच योगदानमा आधारित उपदान तथा पेन्सन कोष सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त विश्वविद्यालयका उपकुलपति प्रा. बिजुकुमार थपलिया र कोषको तर्फबाट पर्वतकुमार कार्कीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
उपकुलपति थपलियाले शिक्षक तथा कर्मचारीको उपदान सञ्चालन एवं व्यवस्थापन कोषलाई दिन पाएकोमा खुसी लागेको बताए । कोषका कार्यकारी निर्देशक कार्कीले उपदानको उचित व्यवस्थापन एवं सञ्चालन गर्ने र सहभागीलाई उचित प्रतिफल दिने बताए ।