विराटनगर– धनकुटाको साँगुरीगढी–६, काम्फेकस्थित भेडेटार रवि–राँके सडकखण्डबाट मंगलबार राति प्रहरीले तीन क्विन्टल गाँजा बोकेको कारसहित विराटनगरका एक युवकलाई  पक्राउ गरेको छ । 

प्रहरीका अनुसार कारमा सवार विराटनगर–१५ का २६ वर्षीय प्रिन्सकुमार साहलाई नियन्त्रणमा लिइएको छ । फरार कार चालकको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

धनकुटा प्रहरी कार्यालयका अनुसार जाँचका क्रममा को १ च ३४७८ नम्बरको कारबाट १० पोका गाँजा बरामद भएको हो । कालो प्लास्टिकको पोकाभित्र ३० किलोको दरले गाँजा लुकाएर राखिएको प्रहरीले बताएको छ ।