विराटनगर- नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मोरङ जिल्ला कमिटीको अध्यक्षमा वीरेन्द्र घिमिरे सर्वसम्मत चयन भएको छ। जिल्ला स्तरीय बृहत् विद्यार्थी भेलाले घिमिरेकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।

उपाध्यक्षमा नविन पहाडी, सागर थापा, संगम कन्दङ्वावा, एलिस ओझा, सचिवमा मनोज लामा कार्की, सह-सचिवमा विप्लव पोखरेल, प्रिती दाहाल, गौरी बस्नेत खडका, छबि श्रेष्ठ र कोषाध्यक्षमा प्रविन खतिवडा चयन भएका छन् ।

२४ सदस्यीय जिल्ला कमिटीको सदस्यमा पुजन न्यौपाने, प्रवेश विष्ट, विशाल बाबु चौलागाईं, अनुप खतिवडा, मिलन खड्का, शकुन्तला काफ्ले, भुवन मंग्राती, देवराज केसी, जेनिसा पौडेल, ज्ञानु अधिकारी, मालती रेग्मी, अनिस पोखरेल, प्रविन ढकाल चयन भएको अध्यक्ष घिमिरेले बताएका छन् ।