विराटनगर– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई थोरै बाङ्गो हुन सुझाव दिएका छन् । ‘बालेनजी, सोझो हुनुहुन्छ, अलिक बाङ्गो बन्नुस्,’ सुझाव दिँदै हर्कले फेसबूकमा लेखेका छन् । 

काठमाडौँ महानगरपालिकाको कार्यालय परिसरमा बिहीबार (आज) तनाव सृजना भएको थियो । बालेनले सरकारले पठाएका प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई प्रवेश नदिने अडानमा थिए । बालेनले महानगर प्रहरीलाई पनि गुरागाईंलाई रोक्न निर्देशन दिएका थिए । तर उपप्रमुखसहितका जनप्रतिनिधि र कर्मचारी मिलेर गुरागाईंलाई महानगरमा स्वागत गर्दै हाजिर गराए । यसपछि हर्कको प्रतिक्रिया स्वरुप बालेनलाई यस्तो सुझाव दिएका हुन् ।