विराटनगर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटबल इजलासले थुनामा पठाउने आदेश गरेको छ ।
उच्च अदालत तुलसीपुरको बुटबल इजलासका न्यायाधीशहरू रमेश ढकाल र स्विकृती पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै सभापति लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो ।
अदालतले सभापति लामिछानेलाई थुनामा पठाउने आदेश गरेपछि पार्टीका नेताहरू पार्टीको भावी रणनीति बारे छलफलमा थालेका छन् । काठमाडौंमा उपलब्ध नेताहरू अदालतको आदेशले सृजित परिस्थितिको बारेमा ठोस रणनीति र पार्टीको धारणा बनाउन छलफलमा जुटेको रास्वपा सचिवालयका एक नेताले जानकारी दिए ।
रास्वपाले शनीबार चितवनमा आयोजना गर्न लागेको जनयात्रा शुभारम्भ कार्यक्रममा सभापति लामिछाने सहभागी हुने कार्यक्रम तय गरेको थियो ।