विराटनगर- नेपाल पत्रकार महासंघ काेशी प्रदशले १९ अैाँ लाेकतन्त्र दिवसकाे अवसरमा बुधबार सम्पादकसँग सम्वाद कार्यक्रम आयाेजना गरेकाे छ ।

कार्यक्रममा प्रेस स्वतन्त्रताका लागि लाेकतन्त्र अपरिहार्य रहेकाे सहभागीहरूले बताएका छन् । ´मुलुककाे दाेस्राे जनआन्दाेलनलगायतका आन्दाेलनमा लनेकतन्त्रका लागि सञ्चार जगतकाे अग्रणी भूमिका रहँदै आएकाे छ,` कार्यक्रममा सम्पादकहरूले भने, ´लाेकतन्त्र रहे मात्रै स्वतन्त्र पत्रकारिता रहने भएकाेले पत्रकारहरूले लाेकतन्त्रकाे सुदृढीकरणकाे पक्षमा कलम चलाइरहनु अपरिहार्य छ ।`

लाेकतन्त्रकाे सुदृढीकरणका लागि राजनीतिक नेतृत्व तथा शासन सत्ताप्रति आमनागरिकमा देखिएकाे निराशालाई आशामा परिणत गर्ने गरी पत्रकारहरूले कलम चलाउनुकाे विकल्प नभएकाे सम्पादकहरूकाे भनाइ थियाे ।