काठमाडौँ–  देशका अधिकांश पहाडी क्षेत्रमा बुधबार आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्य भूभागहरूमा आंशिक बदलीको अवस्था रहनेछ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। त्यस्तै, देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा हुन सक्ने सम्भावना छ।

लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही भागमा हावाहुरी चल्ने चेतावनी समेत दिइएको छ।

बुधबार रातिसमेत देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना महाशाखाले जनाएको छ।

कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावनासमेत रहेको पूर्वानुमान गरिएको छ।