विराटनगर– रसुवा भन्सार नाकाबाट करिब ७.६ किलो सुन बरामद गरिएको छ। केरुङबाट स्याउ बोकेर आएको कन्टेनरको चालक सिटनजिकै फल्स बटम बनाएर लुकाइएको अवस्थामा सुन भेटिएको हो।

भन्सार कार्यालय प्रमुख तुलसीप्रसाद भट्टराईका अनुसार ७ वटा बिस्कुट र केही टुक्रा गरी ७ किलो ६ सय ग्राम सुन बरामद भएको हो। चिनियाँ बजार केरुङबाट सुन आइरहेको सूचना पाएपछि खानतलासी गर्दा तस्करी खुलिएको हो।

चालकलाई नियन्त्रणमा लिइएको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बरामद सुन थप परीक्षणका लागि बैंकमा पठाइएको छ। विमानस्थलमा निगरानी कडा भएपछि तस्करहरूले उत्तरी नाका प्रयोग गर्न थालेका छन्।

#रसुवा #भन्सार