विराटनगर– अछाममा २० वर्षीया महिलासँग जबरजस्ती करणी गरेको आरोपमा चौरपाटी गाउँपालिका–१ का २६ वर्षीय डबल बहादुर थापा शनिबार बेलुकी पक्राउ परेका छन्। पीडितको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
दाङमा ७ वर्षीया बालिकासँग बलात्कार गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका–१७ बनकट्टाका ७५ वर्षीय गिरीराज बुढाथोकी शनिबार दिउँसो पक्राउ परेका छन्। बालिकाको उजुरीपछि इलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी बिजौरीको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो।दुवै घटनामा प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ।