विराटनगर । मधेश कृषि विश्वविद्यालयमा उपाप्रध्यापक र कर्मचारीहरुले बिहीबार तालाबन्दी गरेका छन् । उप्रध्यापक र कर्मचारीहरुले ६ महिनादेखि हालसम्म तलबभत्ता नपाउँदा पनि दलीय टकराबमा लागेर मधेश सरकारले बेवास्ता गरेकोले उनीहरु विश्वविद्यालयमा तालाबन्दी गर्न बाध्य भएका हुन् ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. वैजनाथ महतोलाई कार्यकक्षबाट बाहिर निकालेर उपप्राध्यापक र कर्मचारीहरुले तलबभत्ता नपाउञ्जेलसम्मका लागि तालाबन्दी गरेका छन् । यसअघि माघ २७ गते उपप्राध्यापक र कर्मचारीहरुले विश्वविद्यालय, मुख्यमन्त्री, मन्त्री, राजनीतिक दल, स्थानीय प्रशासनलगायतलाई ज्ञापन पत्रमार्फत तलबभत्ता नदिए फागुन १ गतेदेखि तालाबन्दी गर्ने चेतावनी दिइएको थियो।