विराटनगर– बाँकेकी एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा नरैनापुर गाउँपालिका–५ सर्वराजपुर्वाका ३६ वर्षीय जगतराम साहुलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी प्रधान कार्यालयका अनुसार उनले ती २० वर्षीयालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा पक्राउ गरिएको हो । जबरजस्ती करणीपछि उच्च रक्तश्वावका कारण किशोरीलाई अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ । 

घरबाहिर बसिरहेकी किशोरीलाई कोही नभएको मौका छोपी जबरजस्ती करणी गरी फरार भएको तेलीलाई पीडित किशोरीको बयानका आधारमा घटना लगत्तै पक्राउ गरिएको इलाका प्रहरी भगवानपुरले जनाएको छ । योभन्दा अगाडि एक ३० वर्षीयालाई बलात्कार गरेको आरोपमा रसुवा कालिका गाउँपालिका–१ राम्चे बस्ने मिन लामा तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको थियो ।