विराटनगर– एमाले मोरङको १० औं जिल्ला अधिवेशन उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली फाल्गुन १७ गते गर्ने भएको छ । अधिवेशन फाल्गुन १७, १८ र १९ गतेसम्म चल्ने एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीले बताएका छन् ।
तीन दिनसम्म चल्ने एमाले मोरङको यो अधिवेशनले नयाँ नेतृत्व् चयन गर्नेछ । नयाँ नेतृत्व चयनका लागि वडादेखि जिल्लासम्म बाट ९ सय १४ जना प्रतिनिधि छनोट भएर आएको अध्यक्ष कार्कीले बताएका हुन् । नेतृत्व चयनका लागि बरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठको नेतृत्वमा ७ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन समितिले १८ गते दिउँसो १ बजेबाट निर्वाचनको कार्यक्रम सुरु गर्ने उनले सुनाए । अधिवेशनको बन्दसत्र स१चालनका लागि पार्टीका केन्द्रीय सदस्य जीवन घिमिरेको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरेको छ ।