विराटनगर– अपांगता भएकी २६ वर्षीया घरेलु कामदारलाई जबरजस्ती करणी गरेर फरार रहेका अर्घाखाँचीको सन्धिखर्कका ६३ वर्षीय एक पुरुषलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।
काम गर्ने गरी घरमै राखेका ती युवतीलाई पटकपटक बलात्कार गरेको आरोप उनीमाथि छ । पीडित युवती बोल्न सक्दिनन् । घर साहुले जबरजस्ती करणी गरेको भन्दै आफन्तले गत जेठ ३२ मा प्रहरीमा जोहरी दिए पछि उनी फरार थिए । 
फरार रहेका ती पुरुष भारतको लखनउबाट घर आउँदै गर्दा सन्धिखर्क बसपार्कबाट पक्राउ परेको प्रहरीले भनेको छ । उनलाई अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ ।