विराटनगर– सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहकार्यमा सञ्चालन गरिएको सेवाबाट कर्णाली प्रदेश अस्पतालमा ६ जनामा मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ । कर्णालीमा प्रत्यारोपण सेवा सञ्चालन हुँदा अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । प्रदेश अस्पतालमा पहिलो पटक २०७९ माघ २१ पहिलो मिर्गौला प्रत्यारोपण गरिएको थियो । 

केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले कर्णाली प्रदेशका दुई चिकित्सकलाई आफूहरुले फेलोसिपमा एक वर्षको कोर्स गर्न सहयोग गर्ने बताएका छन् । यस पछि प्रत्यारोपणका लागि काठमाडौँको जनशक्ति भर हुने स्थितिको अन्त्य हुने उनले बताए । 

उक्त प्रदेश अस्पतालले क्यान्सर रोगको उपाचारका लागि अंकोलोजी सेवा प्रदान गरिरहेको छ । जनरल उपचार तथा शल्यक्रिया सेवा पनि थपेको छ । मुटु रोग निदान उपचारका लागि क्याथल्याब सेवाको परीक्षण सम्पन्न भइसकेको अस्पतालले जानकारी दिएको छ ।