विराटनगर– विराट गोल्डकपको चौँथो खेल बिहीबार सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल पुलिस क्लबबीच हुँदै छ । विराटनगरस्थित सहिद रंगशालामा साँझ ६ः३० बजेदेखि दुबै टीमबीच प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
साविक विजेता एपीएफले विराट गोल्डकपको दोस्रो खेलमा सुदेभा दिल्ली टिमलाई ३–२ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । विराट गोल्डकप फुटवल ट्रष्टले ‘विराटनगरको साथ, फुटवलको विकास’ मूल नाराका साथ सञ्चालन गरेको नवौं संस्करणको रात्रिकालीन विराट गोल्डकप फुटवल प्रतियोगिता २०८१ मा १० वटा टिम सहभागी छन् ।