विराटनगर– विराट गोल्डकपको पाँचौ खेल शुक्रबार थ्री स्टार र मछिन्द्र क्लबबीच विराटनगरस्थित सहिद रंगशालामा हुने भएको छ । चर्चित दुबै टिमको रोमाञ्चक खेल साँझ ६ः३० बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।
थी्र स्टार र मछिन्द्र क्लबबीचको प्रतियोगितामा विजयी हुने टिमले फाल्गुन २५ गते हुने सेमिफाइनल खेलमा त्रिभूवन आर्मी फुटवल क्लवसँग खेल्ने छ । विराट गोल्डकपको बिहीबार सम्पन्न खेलमा साविक विजेता एपीएफलाई नेपाल पुलिस फुटवल क्लबले ०–२ गोलले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।
विराट गोल्डकप फुटवल ट्रष्टले ‘विराटनगरको साथ, फुटवलको विकास’ मूल नाराका साथ सञ्चालन गरेको नवौं संस्करणको रात्रिकालीन विराट गोल्डकप फुटवल प्रतियोगिता २०८१ मा १० वटा टिम सहभागी छन् ।