विराटनगर- धनगढीमा  कांग्रेस सभापति शेरबहादुर देउवाको स्वागतमा ठड्याइएका झन्डा आन्दोलनरत विद्यार्थीले हटाएका छन् ।

सोमबारदेखि सुरु हुने कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्‍घाटन गर्न देउवासहितका नेताहरू धनगढी आउने भए पछि नेविसंघका विद्यार्थीले स्वागतका लागि सडक क्षेत्रमा पार्टीका झण्डा राखेका थिए।

प्रदेश सरकारले ल्याउन लागेको सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धी ऐनको विरोधमा रहेका आन्दोलनरत विद्यार्थीहरूले ती झन्डा हटाएका छन् ।  ऐनको विरोधमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी र रास्वपाका नेता सन्तोष जोशीलगायत छन् । 

विधार्थीहरुले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शन गरिरहेका छन् । उनीहरूले झन्डा हटाउँदा नेविसंघका विद्यार्थीहरूले  केहीबेर सडक अवरूद्ध गरेका थिए ‌।