विराटनगर– नेपाल ब्यूटिसियन संघ कोशी प्रदेशको सम्पन्न प्रथम अधिवेशनले सुधा थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । तागेर ब्यूटी पार्लरको सभाहलमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा रोशनी चौधरी, सचिवमा माया पौड्याल, कोषाध्यक्षमा अकु राई र सह–कोषाध्यक्षमा अनिता खत्री निर्वाचित भएको हो ।
सदस्यहरुमा प्रतिमा कार्की, माया थेवे, संध्या परियार, सुभारिका चौधरी, सुमनकुमारी पासमान, मन्द्रिका राजबंशी, आषिका राजबंशी, राधिका सहनी र चादनी साह निर्वाचित भएको ब्यूटिसियन संघ मोरङकी सभापति बुद्धिमाया धिमालले जानकारी दिइन् ।