विराटनगर— वैदेशिक रोजगारीको प्रलोभनमा पारेर पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक महिलालाई शनिबार प्रहरीले पक्राउ गरेको खुलासा भएको छ ।
पक्राउ परेकी महिला गोकर्णेश्वर नगरपालिका–५ बस्ने र महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थायी घर भएकी ३३ वर्षीया दिपा कुमारी पोख्रेल हुन्। उनले राजनीतिक एवं समाजसेवी छविको आडमा ठगेको प्रहरी स्रोतले जनाएको छ ।
उनले पोल्याण्ड पठाइदिन्छु भन्दै एक व्यक्तिसँग २ लाख रुपैयाँ लिएकी थिइन्। तर रकम लिएको केही समयपछि उनी सम्पर्कविहीन भएकी थिइन्।पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पोख्रेललाई गोकर्णेश्वरबाट पक्राउ गरेको हो।प्रहरीका अनुसार आवश्यक अनुसन्धान तथा कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभागमा बुझाइएको छ।