काठमाडौँ — पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल, पूर्वअधिराजकुमारी प्रेरणा र पूर्वनवयुवराज हृदयेन्द्र शाहले शनिबार साँझ नारायणहिटी दरबार परिसरभित्र रहेको चतुव्र्यूह नारायणधाम मन्दिरमा सामूहिक पूजाअर्चना गरेका छन्।

उक्त मन्दिर नारायणहिटी दरबारसँगै जोडिएको छ । यसलाई पूर्वराजपरिवारका सदस्यहरूले नियमित दर्शन र पूजा गर्ने पवित्र स्थलका रूपमा मानिन्छ। यसै मन्दिरको नाममा नारायणहिटी दरबारको नामाकरण गरिएको छ।

पूर्वनवयुवराज हृदयेन्द्र शाह केही दिनअघि अमेरिकाबाट नेपाल फर्किएका हुन्। उनी अमेरिकाको बोस्टनमा अध्ययनरत छन् ।  विदामा स्वदेश आएका नाति हृदयेन्द्रलाई लिएर पूर्वराजपरिवार उक्त मन्दिरमा आराधना गर्न पुगेको थाहा पाएर नागरिक समाजको भीड लागेका थियो । पूर्वराजपरिवारले स्थानीयसँग संवाद गरिरहेका तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

#पूर्वराजपरिवार