विराटनगर– नेपालमा भएको जेन्जी आन्दोलनपछि विकसित घटनाक्रममा एक नाम सबैको सामुने आएको छ । जसले डिजिटल प्लेटफर्म डिस्कोडबाट देशलाई प्रधानमनत्री दिलाए । उनी पर्दापछाडि बसेर देश चलाइरहेका छन् । परम्परागत राजनीति, पूराना दल, काम गर्ने परम्परागत शैली, भ्रष्टाचार, अपारदर्शिता, दण्डहिनता, अराजकताविरुद्ध डिजिटल प्लेटफर्ममार्फत उठेका नयाँ सोच र दृष्टिकोण भएका– अनि संसार बुझेका युवाको उनी प्रतिनिधित्व गरिरहेका छन् ।

अहिले उनी डिजिटल प्लेटफर्मबाट देशमा ल्याएको परिवर्तनलाई संस्थागत गर्ने रणनीतिमा अघि बढिरहेका छन् । देशमा घोषित फाल्गुन २१ गतेको निर्वाचनलाई आफ्नो सोच, दृष्टिकोण र आम नेपालीले देखेका समाज र देश परिवर्तनको सपनालाई मुर्त रुप दिन राजनीतिक खाका निर्माणमा व्यस्त छन् । पर्दा पछाडिका हिरो उनले आफ्नो जीवनशैली र कार्य कुशलतालाई रहस्यमय तरिकाले अघि बढाउँदै देशलाई यर्थात् राजनीतिक निकास दिन अघि बढिरहेका छन् । यस्ता रहस्मय व्यक्ति को हुन ? उनले कसरी देशमा राजनीतिक परिवर्तन ल्याउन सफल भए ? उनको पछाडि को छ ? उनको उद्देश्य के हो ? उनी के गरिरहेका छन् ।

नेपालमा राजनीतिले गिजोलेर भ्रष्टाचार, दण्डहिनता, वेथिति, बेरोजगारीलगायतका समस्या बढ्दै गएएको थियो । यो देखेर आजित भइसकेका युवाहरु रोजगारी र गुणस्तरीय शिक्षाका लागि विदेश पलायन हुन थाले । देशको भौगोलिक सीमाभित्र बाँधिएर रहेका युवाहरु विदेशमा गएपछि– त्यहाँको विकास, उन्नति, प्रगति, राजनीतिक नेतृत्व, उनीहरुको सोच, दृष्टिकोण, कार्यशैलीलगायतको बारेमा अनुभव गर्न थाले ।

देशभित्र उच्च शिक्षा अध्ययन गर्ने युवा जमातका साथै सामाजिक सञ्जाललगायतका डिजिटल प्लेटफर्ममा पहुँच भएका व्यक्तिहरुले संसारभरि भइरहेका राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक परिवर्तनका बारेमा जानकारी पाउन थाले । संसारभरि दिन प्रतिदिन भइरहेको परिवर्तन र नेपालको वास्तविकताबीच उनीहरुले तुलना गर्न थाले । उनीहरुले नेपालका परम्परागत सोचले ग्रसित राजनीतिक दल र नेतृत्व वर्ग, उनीहरुको विचार, दृष्टिकोण, कार्यशैली, व्यक्तिगत जीवनशैलीको बारेमा चासो राख्न थाले ।

नेता, उच्चपदस्थ कर्मचारीलगायत सार्वजनिक पद धारण गरेका र ठूला व्यापारिक घरानाहरुको मात्रै देशमा रजगज रहेको विस्तारै डिजिटल प्लेटफर्मले संसार बुझ्नेहरुलाई महशुस हुन थाल्यो । दिन रात नभनी काम गर्ने आम नागरिकलाई दैनिक जीवन गुजारा चलाउन धौ धौ पर्ने, बालबालिकालाई शिक्षादिशक्षा दिन घरघडेरी बेच्नुपर्ने तर नेता, कर्मचारी, सार्वजनिक पद धारण गर्ने लगायत आफूलाई सम्भ्रान्त वर्ग भनाउँदा र उनीहरुका छोराछोरीको भडकाउपूर्ण जीवनशैली, देशविदेश घुमेर मोजमस्ती गरिरहेको डिजिटल प्लेटफर्मबाट नियाली रहेका थिए । सञ्चारमाध्यमहरुमा दैनिक आइरहेका राजनीतिक दल र नेतृत्व वर्गबिचको सत्ता स्वार्थको लडाइले देशको अस्थिरता, भ्रष्टाचार, अनियमितता, वेथिति, विसङ्गति, गरिवी, वेरोजगारी, दण्डहिनताले आम नागरिकमा असन्तुष्टि चुलिदै गयो ।

त्यहीबीच, २०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं, धरान, जनकपुरलगायतमा स्वतन्त्र उम्मेदवारहरुले विजय प्राप्त गरे । त्यसमा पनि देशको राजनधानी काठमाडौं महानगरको निर्वाचन रोचक बन्यो । दलीय गठबन्धका बलिया उम्मेदवारहरुलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार बालेन्द्र साह निर्वाचित भए । काठमाडौं महानगरमा बालेनको जितलाई जात, क्षेत्र, धर्म, वर्ग, समुदायको राजनीति, पुरानो दल र नेतृत्वको पराजय र “युवा, नयाँ सोच, काम गर्ने क्षमता, स्पष्ट दृष्टिकोण, सन्देश प्रवाह गर्ने डिजिटल प्लेटफर्मको जितको रुपमा अथ्र्याइयो ।

काठमाडौं महानगरको निर्वाचनले देशभरिका आम नागरिकमा आशाको सञ्चार गराउनसमेत सफल भयो । सफा, सुन्दर सहर, सार्वजनिक सम्पति कब्जाबिरुद्ध डोजर चलाउने, काठमाडौंलाई सांस्कृतिक र ऐतिहासिक पहिचान दिलाउने काम अघि बढाए । अनलाइन सेवामाफृत भ्रष्टाचार नियूनीकरण, सहज र सुलभ रुपमा सेवा प्रवाहजस्ता कामहरु अघि बढाउन थालेपछि आम नागरिकले देशभरि नै बालेन जस्तै नेतृत्वको खाँचो महशुस गर्न थाले ।

त्यसपछि डिजिटल प्लेटफर्ममा राजनीतिक नेतृत्व, वेथिति र सुधारका पाटाहरुको बहस चलिरहयो तर त्यसको राजनीतिक दल र नेतृत्व वर्गमाथि कुनै प्रभाव परेन । देशमा सुधार हुने छनक नदेखेपछि विदेश जाने आर्थिक हैसियत भएका धेरै युवाहरु रोजगारी, अध्ययनलगायत बहानामा विदेश पलायन हुन बाध्य भए । ऋणपान गर्नेहरु रोजगारीको खोजीमा खाडिमुलुकतर्फ गए । तर अनेकौं सपना बोकेर नेपालमा नै बस्न बाध्य सकूल कलेजमा पढ्दै आएका जेन्जी समुहका युवा, विद्यार्थीहरु गम्भीरतापूर्वक देशका यी विद्यमान परिदृष्यलाई नियालिरहेका थिए ।

जुन डिजिटल प्लेटफर्मलाई उपयोग गरेर जनसमर्थन जुटाएका थिए काठमाडौंका मेयर बालेन साह त्यही डिजिटल पलेटफर्ममा यी युवाहरुले देशमा भइरहेको भ्रष्टाचार, अनियमितता, विकृति, बिसङ्गतिबिरुद्ध आक्रोश पोख्न थाले । नेताका छोराछोरीहरुको भड्काउपूर्ण जीवनशैलीलाई नेपो बेबी, नेपो किड्सको ट्रेण्ड चलाउन थाले । त्यसले पनि दल र नेताहरुलाई खासै प्रभाव नपारेपछि अनलाईमा पोखिरहेको रीस र आक्रोशलाई औपचारिक रुपमा नै सडकमा ल्याउन आह्वान गरे । नभन्दै डिजिटल प्लेटफर्ममा फैलिएको आक्रोश भदौ २३ र २४ गते देशभरि पैmलियो । जसले दलीय सरकार र सांसद दुबैलाई फालेर डिजिटल प्लेटफर्म डिस्कोडबाट नयाँ प्रधानमन्त्री दियो र देशलाई नयाँ युगमा प्रवेश गरायो । जेन्जी आन्दोलन सफल भयो ।

जेन्जी आन्दोलनको आधार पहिल्याउँदै जाँदा काठमाडौं महानगरको निर्वाचनमा उपयोग भएको डिजिटल प्लेटफर्म र त्यसको उपयोगकर्ता बालेनको बारेमा बुझ्नै पर्छ । काठमाडौं महानगर प्रमुखमा निर्वाचित बालेनले २०७५ सालको स्थानीय तह निर्वाचनमा नै डिजिटल प्लेटफर्मलाई उपयोग गर्दै लेखाका थिए– मैले आज मतदान गरिन । म उम्मेदवार थिइनँ । मैले सिभिल इन्जिनियरिङमा स्नातक गरेँ, म स्ट्रक्चरल इञ्जिनियरिङमा स्नात्कोत्तरको आधा बाटोमा छु । मलाई थाहा छ, राष्ट्र कसरी बनाउने । म अर्को पटक भोट हाल्नेछु र आफैलाई भोट हाल्छु । म मेरो देशको विकास गर्छु । मलाई अरु कसैको भर लाग्दैन ।

सामाजिक सञ्जालमा लेखेको यो स्ट्याटसलाई उनले यथार्थमा परिणत गरी अहिले काठमाठौं महानगर प्रमुखको जिम्मेवारीमा छन् । उनले सामाजिक सञ्जालबाट सुरु गरेको राष्ट्र निर्माणको अभियान जेन्जी आन्दोलनपछि नेपाल नयाँ युगमा प्रवेश गरेको अवस्थासम्म आइपुगेको छ । यो युगान्तकारी परिवर्तन स्थायीत्वको लागि डिस्कोडले छानेको सरकारले फाल्गुन २१ गते देशमा प्रतिनिधिसभाको निर्वाचन गराउँदै छ । यो चुनावबाट देशमा जेन्जी आन्दोलनले उठाएका माग र मुद्दा संस्थागत गर्न सरकार बनाउने खेल भइरहेको छ । यो खेलको ‘एम्पायर’ बालेनले रहस्यमय तरिकाले देशको विकास र समृद्ध राष्ट्र निर्माणका लागि रणनीतिक कदम चालिरहेका छन् । देशमा भएको युगान्तकारी परिवर्तनलाई संस्थागत गर्ने फाल्गुन २१ गतेको चुनावी परिणामलाई युवा पुस्ताको पक्षमा ल्याउन बालेनले संयोजन गरिरहेका हुन् ।

महानगर प्रमुखको जिम्मेवारी सम्हालेदेखि बालेनले परम्परागत राजनीतिक दल, नेतृत्व वर्ग, परम्परागत शैलीमा चलेको राज्य संयन्त्रसँग संघर्ष गर्दै आएका थिए । उनले सामाजिक सञ्जालमार्फतै राज्य संयन्त्रलाई कडा प्रतिवाद गर्दै आइरहेका थिए । उनले माठमाडौंमा गर्न खोजेका सुधारहरुको उनै युवा, विद्यार्थी वर्गलगायतले सामाजिक सञ्जालमार्फत अपार समर्थन दिइरहेका थिए । बालेनकै नाममा रहेका सामाजिक सञ्जालका ग्रुपहरुमार्फत युवा, विद्यार्थीहरुले देशमा परिवर्तनको अभियान सुरु गरेका थिए । त्यसबाट के देखिन्छ भने यो जेन्जी आन्दोलन र अहिले देशमा आएको परिवर्तनमा बालेनको भूमिका स्पष्ट छ । आन्दोलनपछि विकसित राजनीतिक घटना क्रमले पनि त्यसको पुष्टि गरिसकेको छ । त्यसैको परिणाम जेन्जीहरुले बालेनलाई नै प्रधानमन्त्रीका लागि प्रस्ताव पनि गरेका थिए ।

तर बाालेनले प्रधानमान्त्रीका लागि पूर्वप्रधानन्यायाधिस सुशिला कार्कीलाई रोजे । उनकै सहजीकरणमा जेन्जीहरु डिसकोर्डबाट चुनाव गरे र उनी पहिलो महिला प्रधानमन्त्रीको इतिहास रचेर देशको नेतृत्व सम्हालिरहेकी छिन् । बालेनले आफ्नै सचिवालयमा रहेका कानूनी सल्लाहकारलाई गृहमन्त्री, सधैँ सल्लाह सुझाव लिँदै आएका व्यक्तिहरुलाई मन्त्री बनाउन सहजीकरण गरे । अहिले बालेनले पर्दापछाडि बसेर देश चलाइरहेका छन् । जसले उनलाई पर्दापछाडिको हिरो भनेर चिन्न थालिएको छ ।

आखिर बालेन कसरी बने देशको पर्दापछाडिको हिरो ? उनले कसरी पर्दापछाडिबाट देश चलाउँदै छ ? अबको रणनीति बालेनको के छ ? उनले जेन्जी आन्दोलनलाई निष्कर्षमा पु¥याउन के गर्दै छन् ? प्रतिनिधिसभा निर्वाचनमा बालेनले जेन्जीको पक्षमा परिणाम ल्याउन कसरी संयोजन गर्दै छ ? उनलाई कसले साथ दिइरहेका छन् ? उनको रणनीति के हो ? को हो बालेन ? यी यस्ता प्रस्न र बालेनको निजी जीवन, उनको पृष्ठभूमि वा व्यक्तित्वका विविध पाटाबारे मानिसहरू कमै जानकार छन् । त्यसैले उनको जीवनशैली, पृष्ठभूमि, राजनीतिलगायतका पाटाहरुको बारेमा सम्झौं ।

आयुर्वेदिक डाक्टर रामनारायण साह र गृहणी ध्रुवदेवी साहका कान्छा छोरा बालेन्द्र साह पेसाले स्ट्रक्चरल इञ्जिनियर हुन् । बालेनको जन्म २०४७ साल बैसाख १४ गते काठमाडौंको नरदेवीमा विशुद्ध रैथाने मधेसी परिवारमा भएको हो । उनका बुवा नरदेवी आयुर्वेद अस्पतालमा कार्यरत थिए । उनको पुख्र्यौली घर महोत्तरीको एकडारामा छ । उनको हजुरबुवा मुनिलाल साह स्थानीय जमिन्दार थिए । उनका दाजु कुशल साह चार्टर्ड एकाउन्टेन्ट छन् । भाउजू बैंकमा काम गर्छिन् । बहिनी चित्रकार हुन् । बालेनकी श्रीमती सविना काफ्ले जनस्वास्थ्य क्षेत्रमा काम गर्छिन् । आफ्नी सानी छोरीसहित उनी अहिले स–परिवार काठमाडौंस्थित तीनकुनेको गौरीगाउँमा बस्छन् ।

एलायन्स एकेडेमीबाट पठन पाठन सुरु गरेका बालेनले भिएस निकेतन स्कूलबाट प्लस टु उतिर्ण गरे । उनको बाल्यकालदेखि नै गणित, विज्ञान जस्ता विषयको समस्या समाधान, सामाजिक समस्याको बारेमा कविता लेख्न, बाचन, ¥याप लेख्न, गीत गाउनुका साथै संङ्गीतप्रति औधी लगाब थियो । मञ्चमा कविता बाचन, गीत र ¥याप गाउने रुचीले बालेनमा अभिव्यक्तिकला र नेतृत्व क्षमता विकास हुँदै गयो । खुमलटारको हिमालयन ह्वाइटहाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इञ्जिनियरमा स्नातक उतिर्ण गरे । त्यो बेला नै बालेन देशको राजनीतिक अवस्था देखेर ’फ्रस्टेट’ हुन्थे । नेताहरूले गर्ने राजनीतिक परिचालन र कामले बालेनलाई फ्रस्टेट बनाउँथ्यो । बन्द, हड्तालले चिढिन्थे । प्रहरीले लामो कपाल पाल्न नपाइने नियम ल्याउँदा उनले ’प्रहरी प्रतिकार’ गीत नै निकाले ।

पहिलो संविधानसभाअघि बालेन संविधान निर्माणका लागि दबाबमूलक कार्यक्रम ‘वी फर कन्स्टिच्युसन’ र दाह्री ग्याङको विभिन्न अभियानमा सहभागी हुन्थे । त्यसपछि उनी पढ्न भारत गए । भारतको कर्नाटकस्थित विश्वेश्वरय्या टेक्नोलोजी विश्वविद्यालयबाट स्ट्रक्चरल इञ्जिनियरमा स्नात्कोत्तर उतिर्ण गरे । स्नात्कोत्तर अध्ययन गर्ने क्रममा नै उनले २०७५ सालको स्थानीय तह निर्वाचनमा भोट नहालेको र आउँदो निर्वाचनमा उम्मेदवार हुने उद्घोष गरेका थिए ।

बालेन र–बार्जको ¥याप ब्याटल प्रतियोगितामा भाग लिएपछि एकाएके युवा माझ चर्चामा आइसकेका थिए । नयाँ पुस्ताका युवामाझ परिचित हुनथालिसकेका थिए । पछि उनी सङ्गीत रुचाउने ठूलो जमातबीच ¥यापरका रूपमा उम्दा पहिचान बनाए । विद्यार्थीकालदेखि राजनीतिक र सामाजिक विषयमा गहिरो चासो राख्ने बालेन सडक, पुलदेखि, औद्योगिक क्षेत्र, भ्यूटावर, खेलकुद मैदान, साइन्स पार्कहरूको डिजाइन, नक्सा कोर्ने, निर्माण गर्ने कार्यमा समेत संलग्न भएर पेसागत अनुभव लिए । भूकम्पपछि पुनर्निर्माणको काममा उनी एक संस्थामार्फत् जोडिए । त्यही क्रममा बालेनले एक फ्रान्सेली इञ्जिनियरसँग काम गर्ने मौका पाए । ’ती फ्रेन्च इञ्जिनियरले तिमीहरूको देश साँस्कृतिक रूपमा धनी छ तर पनि यो ठाउँ कसरी कंक्रिटको जंगल जस्तो भयो भनेर बालेनलाई सोधे । त्यो प्रश्नले उनको मनमा गहिरो छाप पर्यो । त्यसपछि उनी काठमाडौंलाई आधुनिकता र सँस्कृतिलाई कसरी सँगै जोड्ने भनेर साथीहरुमाझ बहस सुरु गरे ।

बालेन नाकाबन्दीका बेलादेखि राजनीतिक गतिविधिमा संलग्न हुन थाले । त्यही बेला फेसबुकको ’एमआरआर’ समूहले आयोजना गरेको सडकभोज, ’दारी ग्याङ’ ले गर्ने विभिन्न सामाजिक कार्यक्रममा सहभागी हुन्थाले ।

देशको राजनीति देखेर निरास बनेका बालेन ¥याप–इञ्जिनियरिङ–महानगरमा उम्मेदवार बन्ने तयारी एकसाथ अघि बढाइरहेका थिए । बालेनले डा. सन्दुक रुइत, अहिलेका शिक्षामन्त्री महाविर पुन जस्ता देशको परिवर्तनका लागि योगदान गरेका व्यक्तित्वहरुसँग सल्लाह र छलफलसमेत गर्दै आएका थिए । त्यसक्रममा काठमाडौंको गल्लीगल्लीमा पुगेर उनले स्थानीय युवा, महिला, बुजुर्गलगायत सबै क्षेत्रका व्यक्तिहरुसँग भेटघाट, छलफल, सल्लाह गरिसकेका थिए । मेयरमा उठन पाँच वर्ष अघिदेखि नै सामाजिक सञ्जालमा स्ट्याटस लेखेर तयारी थालेका बालेनमा सटिक र प्रस्ट बोल्ने क्षमता विकास भइसकेको थियो । सबैले उनमा एउटा कुशल नेतृत्वमा हुनुपर्ने गुण, बोल्ने शैली र तर्कशील क्षमता देखे । एउटा नेता हुन चाहिने साइकोलोजिकल विन भएकोले जहाँ पनि जाँदा, जोसुकैलाई भेट्दा आफ्नो प्रभाव छाडेरै आउने व्यक्तित्वका बालेनले सबै क्षेत्रबाट मेयर उठ्न हौसला प्राप्त गरे ।

यता, स्थानीय तहको चुनाव नजिकिदै थियो । सुरुमा विवेकशील पार्टीबाट उम्मेदवार बन्ने सोच बनाए तर ¥यापरको पहिचान बनाएका बालेनलाई विवेकशीलले पत्याएनन् । उनलाई पहिले पार्टीको सदस्यता लिन भने– तर उनले कुरो बुझिसकेकाले आफ्नै तरिकाले अघि बढ्ने निधो गरे । त्यही क्रममा उनले ललितपुर महानगर वडा नम्बर १० मा स्वतन्त्र उम्मेदवार भएर १० पटक वडाध्यक्ष जितेका नरसिंह व्यञ्जनकारलाई चुनाव आउनुभन्दा चार महिना अगाडि नै भेटिसकेका थिए । घनिष्ठ मित्र कुमार व्यञ्जनकारको बुवा नरसिंहसँग उनको पूरानै परिचय थियो । नरसिंहलाई बालेनले आफ्नो “राजनीतिक गुरु“ समेत मान्छन् ।

व्यञ्जनकारले राजनीति गर्नुअघि काठमाण्डूलाई बुझ्नुपर्छ भनेर अह्राएका थिए । बालेनले सबै क्षेत्रका व्यक्तिहरुसँग भेटघाट गरेर काठमाण्डूको समस्या र आवश्यकताबारे अध्ययन र अवलोकन गरेको भन्दै पुनः व्यञ्जनकार कहाँ गए । उनले चुनावी जितको सुत्र बुझाइदिए । अनि उनले स्वतन्त्र उम्मेदवार बन्ने निश्च गरे । सुरुमा, सामाजिक सञ्जालमा मेयर उठ्छु भनेर बालेनले लेख्दा साथीहरुले खुबै जिस्काएका थिए । काठमाडौंको मेयर पद भनेको कुनै कम्पनीको सिइओजस्तो भन्ने बालेनको तर्क हुन थियो । मेयर पदलाई राजनीतिसँग तुलना गर्न नमिल्ने उनको बुझाइ थियो ।

मेयरमा उम्मेदवारी दिँदा उनले गोटा गन्तीका साथ आफू ९० हजार ८३५ मत ल्याएर निर्वाचन हुने दावी गरेका थिए । उनको मत त ६१ हजार ७६७ मात्रै आयो तर जित भयो । एउटा राजनीतिज्ञले तोकेर यति मत आउँछ भन्नुले उनले के आधारमा, किन त्यसो भनिरहेको छ भन्ने प्रश्न महत्वपूर्ण हुन्छ । त्यसमा उनको मिहिनेत, उनले मतदातामा पारेको प्रभाव, उनको आफूले गरेको कामप्रतिको विश्वास देखिन्छ । उम्मेदवार बन्ने उद्घोष गर्दा नै बालेनले लेखेका थिए–मलाई अरु कसैको भर लाग्दैन । उनले आफूमाथि नै विश्वास गर्छ ।

सामाजिक सञ्जालबाट उम्मेदवार बन्ने घोषणा गरेका बालेनले सुरुदेखि नै समूह बनाएर सामाजिक सञ्जालकेन्द्रित अभियानहरूमा जोड दिँदै आएका थिए । सामाजिक सञ्जालका चर्चित समूहहरूदेखि सर्वसाधारणका व्यक्तिगत खाताबाट उनीसम्बन्धी सामग्रीहरू प्रचारप्रसार हुन थाल्यो । उनको अभियान निकै संयमित रुपमा अहिले पनि अघि बढिरहेको छ । उनले चुनावका बेला आफ्ना प्रतिद्वन्द्वी केशव स्थापित र सिर्जना सिंह आफ्ना बुवाआमाको उमेरको भएको भन्दै उनीहरूको सपना आफूले पूरा गरिदिने अभिव्यक्ति दिएकोबाट पनि उनको राजनीतिक कौशल, संयमता झल्किन्छ ।

बालेनले कमाएको चर्चा र विश्वासको श्रेय सङ्गीतमार्फत् कमाएको नामलाई नै दिन्छन् । “सङ्गीत क्षेत्रमा लागेदेखि मनोरञ्जनभन्दा बढी सामाजिक मुद्दा उठाएको छु । राजनीतिक मुद्दादेखि मानसिक स्वास्थ्य, समाज परिवर्तनका लागि कसरी सोच्ने भन्ने कुरा गीतमार्फत् बुझाउँदै आएको बालेनको भनाइ छ । ¥याप गाउने क्रममा महिलालाई अपमान गरेको, महिलाप्रति संवेदनशील नभएको खेप्दै आएका आरोपको मूल्य उनले देशको पहिलो महिला प्रधानमन्त्री बनाएर चुकाए । यसले उनको राजनीतिप्रतिको दृढ विश्वास झल्काउँछ । यसले उनको उद्देश्य उजागर भएको छ ।

उनले सबै क्षेत्रका विज्ञहरुको ठूलो समूह बनाएर नियमित भेटघाट, छलफल, सल्लाह गरेर मात्रै राजनीतिका हरेक पाइला अघि बढाउँदै आएका छन् । तर त्यसको बारेमा कमै मान्छेलाई थाहा छ । उनले यो विषय उजागर गर्दैनन् । उनको जीवनशैली अत्यन्तै रहस्यमय रहेको भनिन्छ । उनी एकसाथ व्यक्तिगत, सार्वजनिक तथा सामाजिक र व्यवसायिक जीवन बिताइरहेका छन् । भनिन्छ– बालेनको सार्वजनिक बाहेकको जीवन बारे उनीसँगै बस्नेलाई समेत जानकारी हुँदैन । उनी साँझ ७ बजेपछिको समय व्यक्तिगत रुपमा उपयोग गर्दै राजनीतिलाई अघि बढाइरहेका छन् । उनी यो समयमा कहाँ जान्छन् ? को सँग भेट्छ ? के गर्छ ? भन्ने प्रश्न रहस्य नै बनेको छ । यस बारेमा उनले खुलेर बोल्दैनन् ।

हुन त उनी आफ्ना हरेक रणनीतिक अभिव्यक्ति सामाजिक सञ्जालबाट अभिव्यक्त गर्छन् । उनले अहिलेको डिजिटल प्लेटर्फमलाई नै अधिकतम उपयोग गर्न रुचाउँछनन् । किनकी यो खर्चिलो हुँदैन । समय लाग्दैन । एक क्लिकमा आफ्ना सन्देश लाखौं मान्छे कहाँ पु¥याइरहेका छन् । उनले यही डिजिटल प्लेटफर्मलाई प्रमुख साधन बनाएर मेयरमा निर्वाचित, जेन्जी आनेलनको संयोजन, प्रधानमन्त्रीदेखि अहिले संयमित रुपमा देशको राजनीतिलाई अघि बढाइरहेका छन् ।

उनी अहिले जेन्जी आन्दोलनबाट प्राप्त उपलब्धी संस्थागत गर्ने चुनावी सरकार बनाउने अभियानमा छन् । आम नागरिकले उनलाई प्रधानमन्त्रीका रुपमा खोजे, तर बनेनन् । राजनीतिक दल खोलेर नेतृत्व गरोस भन्ने चाहना राखे, त्यो पनि गरेनन् । किनकी उनले भएकै स्रोत साधन उपयोग गरेर कम से कम खर्चमा उपलब्धी हात पार्न सिपालु छन् । त्यसैले अहिले फाल्गुन २१ गतेको निर्वाचनबाट जेन्जीको माग र मुद्दा संस्थागत गराउने सरकार निर्माणका लागि राष्ट्रिय स्वतन्त्र पार्टी, विवेकशील साझालगायतका राजनीतिक दल र शक्तिसँग समन्वय गरिरहेका छन् । उनले गरिरहेको समन्वयको परिणाम पनि देखिरहेको छ ।

उनले अहिले आफ्ना उम्मेदवारहरुलाई राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह ‘घण्टी छाप’बाट उठाउन संयोजन गरिरहेको उनी निकट व्यक्तिहरुको भनाइ छ । उनले योग्य, इमानदार र देश परिवर्तनको चाहना राख्ने जोश जागर भएका उम्मेदवारको सुची बनाउनेदेखि चुनावी रणनीति बनाउन अहिले तल्लिन देखिन्छन् । बालेनले गरिरहेको काम त देखिदैन तर परिणाम सार्वजनिक भइरहेकोबाट सबै आशावादी छन् ।

¥यापको लोकप्रियता र सामाजिक सञ्जालको उपस्थितिले बालेनलाई राजनीतिमा साथ दिइरहेको छ । सामाजिक सञ्जालदेखि सडकसम्म बालेनको पक्षमा देखिएका युवा र वर्षौँयता देख्दै आएका राजनीतिकर्मीको विकल्प खोजिरहेका आम नेपालीका लागि बालेन एक आशा बनेको छ । यो आशा– निराशामा परिणत नहुनेमा आम नागरिक विश्वस्त पनि देखिन्छन् ।

बालेन सधैं कालो चस्मा लगाउँछन् । सभाहलमा सम्बोधन गर्दा होस् वा कोठामा छलफल गरिरहँदा, कालो चस्मामै देखिन्छन् । सञ्चार माध्यमलाई दिएका कैयौं अन्तर्वार्तामा उनले कालो चस्मा फुकालेका छैनन्, फुकाल्दैनन् । भनिन्छ–राजनीतिज्ञले पत्रकार वा अरूसँग आँखा जुधाएर कुरा गनुपर्ने हो । आम मानिसका आँखामा आँखा मिलाएर भरोसा दिने हो । सधैं आँखामा चस्माको पर्दा एउटा राजनीतिज्ञसँग मेल खाने विषय होइन, अस्वाभाविक हो । भनिन्छ–राजनीतिज्ञको ओठ होइन, आँखा बोल्छ । मान्छेको आँखाले ढाँट्दैन भनेर । तर उनी आँखामा चश्माको पर्दा राखे जस्तै पर्दा पछाडिबाट देशको नयाँ राजनीतिक अध्याय अगाडि बढाइरहेका छन् ।