विराटनगर– आकर्षक तलब पाउने गरी चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा दमक नगरपालिका–५ का २७ वर्षीय डाईमण्ड सम्बाहाम्फेलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
हाल काठमाडौं महानगरपालिका–७ मा बसिरहेका डाईमण्डले चेक रिपब्लिक पठाइदिने प्रलोभनमा १ जनाबाट १ लाख ३८ हजार रूपैयाँ लिएका थिए । रकम हात परेपछि सम्पर्कबिहीन भएको पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई कोठाबाटै पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।