विराटनगर– नक्कली सुन देखाएर ठगेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भक्तपुर थिमी नगरपालिका बोडे बस्ने सिन्धुपाल्चोक बाह्रबिसे–६ का ६२ वर्षीय धनजित तामाङ र सिन्धुपाल्चोक बाह्रबिसे–४ धार्पाका ४८ वर्षीय दल बहादुर तामाङ छन् ।
एक महिनादेखि भक्तपुरका विभिन्न स्थानहरूमा नक्कली सुन देखाएर र ठग्ने गिरोह देखिएको सूचना प्राप्त हुनासाथ खटिएको प्रहरीले उक्त कार्यमा संलग्नहरूलाई काठमाडौं कागेश्वरी मनोहरा–६ मुलपानीबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट १ किलोग्राम बराबरको बिस्कुट आकारको पहेंलो धातु १ र पिलास १ समेत बरामद गरेको छ । प्रहरी वृत्त बौद्धले यस बारेमा थप अनुसन्धान र कारबाही गरिरहेको छ ।