विराटनगर– चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुलमा मोटरसाइकल दुर्घटना पछि त्रिशुली नदीमा हराइरहेका भारतीय सैनिक रोहित रानाको शव १० दिनपछि आइतवार फेला परेको छ ।
सशस्त्र प्रहरीको गोताखोरले शव भेटाएका हुन् । नारायणघाटबाट मुग्लिनतर्फ आइरहेको बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल फागुन २ को बिहान दुर्घटना भएको थियो । उनी चितवनस्थित घरबाट काठमाडौँ हिँडेको अवस्थामा दुर्घटनामा परेका थिए ।