विराटनगर– थाइल्याण्डको राजधानी बैंककबाट मंगलबार बिहान काठमाडौँ आएका दुई भारतीयको सुटकेशमा गाँजा भेटिएको छ । प्रहरीका अनुसार थाइ एअरवेजको उडान नम्बर टिजी ३१९ बाट आएका भारतीय दम्पतीले दुईटा सुटकेशमा ११/११ केजी गाँजा हालेर ल्याएका हुन् ।
उनीहरुले चाउचाउ, चकलेट र बिस्कुटको खोलमा गाँजा बेरेर ल्याएको प्रहरीले भनेको छ । ती गाँजा खोलसहित २२ केजी र खोल बाहेक २० केजी रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयले बताएको छ । उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको छ ।