विराटनगर – उदयपुरको गाईघाटस्थित त्रियुगा बसपार्क मार्गको सडकपेटीमा बसिरहेका दिदीबहिनीको जिपको ठक्करबाट मृत्यु भएको छ।

प्रहरीका अनुसार गाईघाट बजारमा बस्दै आएकी
सप्तरीको राजविराजकी  १४ वर्षीया अनुकुमारी दास र १२ वर्षीया देवीकुमारी दासको मृत्यु भएको हो ।

 गाईघाट बजारबाट त्रियुगा बसपार्कतर्फ जाँदै गरेको प्रदेश नम्बर १ ०५–००१ च ०९२ नम्बरको जीपले डिएमगेट नजिक सडकको पेटीमा बसिरहेका दुवै जनालाई  बिहीबार साँझ ठक्कर दिएको प्रहरीले भनेको छ ।

गम्भीर घाइते भएकी अनुकुमारीको घटनास्थलमा र अर्की घाइते देवीकुमारीको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

 चालक त्रियुगा- ९ गैरुनका १८ वर्षीय निर्जल कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त जिप गाईघाट हिमशिखर फर्निचर उद्योगको रहेको प्रहरीले बताएको छ ‌।