विराटनगर– महानगरको अनुमति बिनै मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा शुक्रबार भूमिपुजन गर्न थालेपछि विवाद बढ्दै गएर झडप भएको छ । केही प्रदर्शनकारी र नगर प्रहरी घाइते भएको नेपाल प्रहरीले जनाएको छ । महानगरले अनुमति बेगर भूमि पुजन गर्न नदिने अडान लिए पछि त्यहा तनाव उत्पन्न भएको हो ।
झडपमा ८ नगर प्रहरी र ९ कोटीहोम पक्षधर घाइते भएका छन् । उनीहरुको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मानव सेवा फाउन्डेसन, नेपाललाई पोखराको लेकसाइडमा कोटीहोम सञ्चालन गर्न महानगरले अनुमति दिएको छैन । उच्च अदालत पोखराले अवरोध नगर्न आदेश जारी गरेको छ।
भूमिपुजन रोक्न महानगरले कोटीहोम क्षेत्र बाहिर प्रहरी परिचालन गरेको थियो । फाउन्डेसनले बाराहीघाटमा कोटीहोम आयोजना गर्न लागेको छ । पोखरा महानगरले लेकसाइडमा कोटीहोम हुन नसक्ने भन्दै आएको छ । फाउन्डेसनका संस्थापक विजय भण्डारीले अटेर गर्दै कोटीहोम गरेरै पोखराबाट फर्कने अडानमा छन् ।