विराटनगर- दोश्रो कार्यकालदेखि  नीकै अस्थिर देखिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति सम्झौतालाई लिएर रुसको तुलनामा युक्रेनको साथ डिल गर्न  अप्ठेरो भएको शुक्रबार बताएका छन् ।

यसअघि उनले रुसमाथि नयाँ प्रतिबन्ध र ट्यारिफ लगाउनुपर्ने विषयमा गम्भिरतापूर्वक विचार गरिरहेको बताएका थिए ।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा लेखेका छन्, ‘रुस युद्ध क्षेत्रमा युक्रेनमाथि कडा प्रहार गरिरहेको छ । यस तथ्यका आधारमा ठूलो स्तरमा रुसमाथि बैंकिड्ड प्रतिबन्ध र ट्यारिफ लागू गर्नका लागि गंभिर भएर विचार गरिरहेको छु ।' युद्धविराम र अन्तिम रुपमा शान्ति सम्झौता नभए सम्म कुर्ने धारणा राखेका छन् ।