विराटनगर– हाम्राे समाज विराटनगरले नसारिहत हाेली मनाउने अभियान सुरू गरेकाे छ । समाजले बिहीबार नसारहित हाेलि मिलन कार्यक्रम आयाेजना गरेर अभियान सुरू गरेकाे हाे ।
हाेलीकाे अवसरमा नसा सेवन गर्ने परम्पराले नयाँ पुस्ता लागूपदार्थ सेवनकाे कूलतमा फसिरहेकाले नसारहित हाेली अभियान सुरू गरेकाे हाम्राे समाजका अध्यक्ष अनुपकुमार सापकाेटाले बताए ।
´हाेली पर्व सभ्य, सुसंस्कृत रूपमा मनाउँनुका भातृत्व प्रेम, समाजिक सद्भाव कायम गर्दै राष्ट्रिय एकता कायम गर्नु अहिलेकाे आवश्यक्ता हाे,` उनले भने, ´नसा सेवन गरेपछि युवावर्ग अनियन्त्रित हुँदै झैँझगडा गर्ने र सामाजिक सद्भाव विगार्नुका साथै सामाजिक शान्ति भंग गरेर मानिसलाई अनावश्य दुःख दिने काम हुन्छ ।`
कार्यक्रममा विराटनगर महानगरका प्रमुख नागेश काेइरालाले हाम्रा अनुपम संस्कृति मनाउने क्रममा नसा सेवन गर्ने चलनले विकृति फैलिने गरेकाे सर्वविदितै रहेकाे बताएका छन् । उनले हाम्राे समाजकाे नसारहित अभियान अहिलेकाे अपरिहार्यता रहेकाे बताएका हुन् । याे अभियानमा सधैँ महानगरकाे साथ सहयाेग रहने उनले प्रतिबद्धता जनाए ।