विराटनगर–  पन्ध्र दिवसीय मिथिला माध्यमिकी परिक्रमा सम्पन्न गरे पछि भक्तजनहरु बिहीबार जनकपुरधाम फर्किएका छन् । चौधौं दिन भारतको विशौलमा उनीहरुले विश्राम गरेका थिए । 

उनीहरु आज जनकपुरधामको ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान, तिरहुतियागाछी लगायत विभिन्न स्थानमा बस्छन् । धनुषाको मिथिला–८ कचुरीस्थित मिथिला बिहारीको मन्दिरबाट डोला जनकपुरधाम आइपुगेपछि अन्य मठमन्दिरबाट किशोरीजीको डोला समावेश भएपछि परिक्रमा शुरु भएको थियो । फागुपूर्णिमामा पुनः जनकपुरधाम आइपुगेका यात्री (भोलि) शुक्रबार अन्तगरगृह परिक्रमा गरे पछि यो धार्मिक अनुष्ठा सम्पन्न हुन्छ ।

मिथिलाको महाकुम्भ मानिने १५ दिने मध्यमा परिक्रमा जनकपुरको हनुमान नगर, बिहारको कलना स्थित कल्यानेश्वर, भारतकै फुलहर स्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर, औरही, भारत बिहारको करुणा, विसौल र जनकपुरधामसहित १ सय ३३ किलो मिटर भू–भागको पद यात्रा गरिन्छ ।

धार्मिक विश्वासअनुसार अन्तरगृह परिक्रमा सकेको अर्को दिन मात्रै जनकपुरमा होली मनाउने परम्परा छ । अन्तरगृह परिक्रमामा जनकपुरवासी उमंगका साथ सामेल हुन्छन् । दुःख–कष्टबाट मुक्ति र इच्छाएको फल प्राप्त हुने विश्वास यो परिक्रममासँग जोडिएको छ  । यस पछि शनिबार मात्र जनकपुरमा होली पर्व मनाइन्छ ।