विराटनगर- बालिकालाई बलात्कार गरेको आरोपमा पर्वत र बझाङबाट दुई जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पर्वत कुश्मा-३ दुर्लुङ काफलचौर बस्ने २५ वर्षीय अजय बिकलाई बिहीबार राति पक्राउ गरिएको छ । 

ती बालिकालाई बलात्कार गरेको पीडित पक्षको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । 

अर्को एक घटनामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरको अभियोगमा बझाङ जयपृथ्व-१० चैनपुर बजार डेरा गरी बस्ने तलकोट गाउँपालिका-५ का २२ वर्षीय हेमन्त भण्डारीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पीडित पक्षको जाहेरी लगतै हेमन्तलाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले पक्राउ गरेको हो ।