विराटनगर– पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा घरेलु टिम पेमा स्पोर्टिङ्ग क्लब विराटनगरले कोशी प्रदेश प्रहरी कार्यालय रानी टिमलाई पराजित गर्दैसेमिफाइलनमा पुगेको छ । 

मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा भएको खेलमा कोशी प्रदेश प्रहरीलाई २–० गोलले पराजित गर्दै पेमा स्र्पोटिङ्ग क्लब सेमिफाइलनमा पुगेको हो । जितको लागि पेवा स्पोर्टिङ्ग क्लबका हरी खवास र अनिल परियारले समान १–१ गोल गरे । खेलको ४९ औँ मिनेटमा पेमा स्पोर्टिङ्ग क्लबले अग्रता लिएको थियो ।

अनिल परियाले निकालिदिएको पासलाई हरीले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो गोल गरेको १९ मिनेट बित्न नपाउँदै पेमा स्पोर्टिङ्ग क्लबले अग्रता दोब्बर बनाए । ६८ औँ मिनेटमा डिबक्स भित्रबाट गरेको प्रहार प्रहरीको गोल रक्षक बाल्मीकि राईले फर्कायो तर रिबाउन्ड भएर फर्किएको बललाई अनिलले गोलमा परिणत गर्दै जित सुनिश्चित गराएका थिए । 

प्रतियोगिताको प्लयेर अफ म्याच पेमा स्पोर्टिङ्ग क्लबका अनिल परियार घोषित भए । उनले नगद २ हजार १ सय प्राप्त गरे । मंगलबारको खेल भारत बिहारको वाइएससी खाखा झील कटिहार र सुनसरी इटहरीको टीएफसी तालतलैयाबीच प्रतिस्पर्धा हुनेछ ।