विराटनगर- गैरसरकारी चिकित्सा सहायता समूह–डक्टर्स विदाउट बोडर्स (एमएसएफ) ले सुडानको ह्वाइट नाइल राज्यमा दुई सातामै हैजाबाट कम्तीमा ९२ जनाको मृत्यु भएको बताएको छ ।
फेब्रुअरी २० देखि मार्च ५ सम्म एमएसएफको सहयोगमा स्वास्थ्य मन्त्रालयको कोस्ती शिक्षण अस्पतालस्थित हैजा उपचार केन्द्रमा २ हजार ७ सय १८ बिरामी भर्ना भएका थिए ।
सन २०२३ को अप्रिलदेखि सुडानीमा जारी द्वन्द्वले ठूलो परिमाणमा बिजुली आपूर्ति बन्द भएपछि पानीजन्य रोग हैजा उत्पन्न भएको एमएसएफले जनाएको छ । विधुत अभावले राज्य प्रणालीबाट वितरित पानीबाट नागरिक बञ्चित भए पछि अन्यत्र स्रोतबाट उपलब्ध पानीको प्रयोग एवं सेवनले हैजा फेलिएको बताइएको छ ।
सुडानी स्वास्थ्य मन्त्रालयले घोषणा गरेको जुलाई २०२४ देखि गत मंगलबार सम्म देशमा हैजानाट प्रभावित ५७ हजार १ ३५ पुगेको र तीनमध्ये १ हजार ५ सय ६ जनाको मृत्यु भएको छ ।