विराटनगर– कोशी प्रदेश कार्यालय विराटनगरको नेतृत्वमा आगोलागी नियन्त्रण र उद्दारसम्बन्धी तालिमको सुुरु भएको छ ।  साता व्यापी तालिममा  ५० प्रहरी कर्मचारीहरूले अग्नि नियन्त्रणका सैद्धान्तिक र प्रयोगात्मक अभ्यासको माध्यमबाट आगलागीको घटनामा मानव र भौतिक क्षति न्यूनिकरणका लागि आवश्यक श्रोत र साधनको परिचालनका बारेमा प्रशिक्षण लिनेछन् ।

शुभारम्भ कार्यक्रममा तालिम संयोजक डीएसपी सुवास भट्टाराईले आगलागीलाई मानव जीवनको सबैभन्दा कठिन विपत्ति भएकाले यसको घटनामा तात्कालिक उद्धार कार्य निकै चुनौतीपूर्ण हुने बताए । 

उनले थपे, ‘प्रहरी कर्मचारीहरूको शारीरिक र मानसिक तयारीका लागि तालिमको आयोजन गरिएको हो, जसले उद्धार कार्यलाई प्रभावकारी बनाउन मद्दत पुर्याउने छ ।’ तालिमका सहभागीलाई प्रयोगात्मक ज्ञानमा दक्ष बनाउने उद्देश्यले विभिन्न उद्धार कार्य र आगलागीको नियन्त्रणका उपायहरू प्रस्तुत गरिनेछ ।