विराटनगर– तेली समुदायको सामाजिक एकता, सशक्तिकरण र सांस्कृतिक संरक्षण तथा प्रवर्द्धनका लागि रामकुमार साहको नेतृत्वमा तेली कल्याण समाज नेपाल, सुन्दरहरैचा नगर समिति आइतबार गठन गरिएको छ। तेली कल्याण समाज, नेपाल मोरङ जिल्ला अध्यक्ष डा. बालकृष्ण साहको उपस्थितिमा सुन्दरहरैचा–१० विराटचोकमा आयोजित भेलाले नगर अध्यक्षमा साहलाई सर्वसम्मत चयन गरेको हो । 

उपाध्यक्षमा सञ्जय साह, सचिवमा कृष्ण प्रसाद साहु, सह–सचिवमा अभिषेक साह, कोषाध्यक्षमा अनु कुमारी, सदस्यहरूमा नारद साह, राजन, जितेन्द्र, मिना कुमारी साह, राजन साह, रमादेवी, डोमा साह, रविन्द्र कुमार साह, सचिन साह चयन भएको अध्यक्ष साहले बताएका छन् । नव निर्वाचित नगर कार्यसमितिलाई जिल्ला अध्यक्ष साहले शपथ ग्रहण गराएका हुन् । 

नव निर्वाचित कार्यसमितिले जातीय एकता, सामाजिक समावेशिता र सांस्कृतिक जगेर्नामा अग्रसर रहने प्रतिबद्धता जनाएको छ। भेलामा जिल्ला कोषाध्यक्ष रोहित कुमार साह, सह–सचिव सन्तोष साह, सदस्य गणेश कुमार साह, शत्रुधन साह तथा सल्लाहकार बिन्देश्वर साहको उपस्थिति रहेको थियो।