विराटनगर- कोसी प्रदेश सरकारले आयाेजना गरेकाे पहिलाे लगानी सम्मेलनमा एक खर्ब ५२ अर्ब १९ कराेडकाे ४६ वटा परियाेजनामा लगानी प्रतिबद्धता पत्रमा हस्ताक्षर भएकाे छ ।

प्रदेश लगानी प्राधिकरणले साेकेसिङ गरेकाे १ खर्ब ७३ अर्बका ७१ परियाेजनामध्ये एक खर्ब ५२ अर्ब १९ कराेडकाे ४६ वटा परियाेजनामा लगानीकर्ता र प्रदेश लगानी प्राधिकरणबीच समझदारीपत्रमा हस्ताक्षर भएकाे छ ।