विराटनगर– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार मूल्य समायोजन गरिएको हो।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा तीन–तीन रुपैयाँ घटाउने निर्णय गरिएको छ।

नयाँ मूल्यअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १५७ रुपैयाँमा उपलब्ध हुनेछ भने डिजेल र मट्टितेलको मूल्य १४२ रुपैयाँ कायम हुनेछ।