विराटनगर (बीबीसी)- क्यानाडाको टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा एक विमान अवतरण गर्ने क्रममा पल्टेको छ ।

अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार द डेल्टा एयर लाइन्सको उडान ४८१९ स्थानीय समय अनुसार दिउँसो पौने ३ बजे उक्त दूर्घटना भएको हो । विमानमा ८० यात्रु थिए ।

चिकित्सा सहायतामा संलग्न टोलीका अनुसार एक बालक सहित १५ जना घाइते  छन् । तीनको अवस्था गम्भीर छ । 

उक्त घटना लगत्तै सबै यात्रुलाई  विमानबाट बाहिर निकालिएको थियो । विमान पल्टिनुको कारण अझै थाहा हुन सकेको छैन ।