विराटनगर– सर्लाहीको मलंगवा–८ बाट स्रोत नखुलेको ७ लाख २८ हजार ९ सय रूपैयाँ सहित दुई जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा गोडैटा–५ रामबनका ३८ वर्षीय मनोज गुप्ता र उनकै भाई ३५ वर्षीय श्रीभगवान गुप्ता छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० एन २२३० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त रकम सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।