विराटनगर– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट अबैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा चिनिया नागरिक २२ वर्षीय मे वेनहाओ र काठमाडौं–१० का ३२ वर्षीय सनिम राज ढकाल छन् । काठमाडौंबाट युएई जान लागेका मे वेनहाओलाई १० लाख ४२ हजार जापानी यन र ५ सय ८० अमेरिकी डलर तथा काठमाडौंबाट दिल्ली जान लागेका सनिम राजलाई ७ हजार ५ सय अमेरिकी डलर सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।