विराटनगर– रोटरी क्लब अफ विराटनगर र मिडटाउनले विराटनगर महानगरलाई आगलागी नियन्त्रणका लागि सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । क्लबले महानगरको फायर ब्रिगेड टोलीका लागि सुरक्षा सामग्री हस्तान्तरण गरेको हो ।

विराटनगरमा आयोजित कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचन, पूर्वडिष्ट्रिक्ट गभर्नर सन्तोष रिजाल, रोटरीका अध्यक्ष मनोजविक्रम शाहलगायतले महानगरका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, वारुणयन्त्र शाखाका प्रमुख एवं नगर प्रहरीका प्रमुख राजन पौडेललाई सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । 

कतै आगलागी भएको अवस्थामा आफू सुरक्षित रहँदै अग्नि नियन्त्रण गरुन् भनेर वारुणयन्त्रकर्मीलाई सुरक्षा सामग्री हस्तान्तरण गरिएको क्लबका अध्यक्ष मनोजविक्रम शाहले जानकारी दिए । उनका अनुसार महानगरको फायर ब्रिगेड टोलीलाई ७ थान आगो नलाग्ने ट्रयाक, ट्राउजर, बुट, हेलमेटलगायतका सामग्री प्रदान गरिएको हो ।