विराटनगर- लाईभ इन्टरटेन्मेन्ट र भाइरल इभेन्ट एण्ड इन्टरटेन्मेन्टले बैसाख २६ गते विराटनगरकाे हाटखाेला मैदानमा पहिलाे पटक दुर्गेश थापाकाे साङ्गितिक साँझ आयाेजना गर्ने भएकाे छ ।

कार्यक्रममा फेसन शाे, विराटनगर साङ्गितिक समूहका साथै स्थानीय डान्स क्लबहरूकाे प्रस्तुति रहने कार्यक्रम संयाेजक सन्ताेष महतले बताएका छन् ।

साङ्गितिक साँझ हेर्नका लागि टिकटकाे व्यवस्था गरेकाे छ । स्टेज नजिककाे सिटमा बस्नेलाई एक हजार, त्यसपछाडिकाे सिटमा तीन सय र बाँकी सबैका लागि दुई सय रूपैयाँकाे टिकट दर निर्धारण गरिएकाे महतले कार्यक्रम व्यवस्थापक कुमुद जैनले बताएका हुन् ।