उदयपुरकी शर्मिला बिष्ट ठगिमा पक्राउ

विराटनगर– आकर्षक तलब पाउने गरी अमेरिका पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा उदयपुर वेलका–४ की ३२ वर्षीया शर्मिला बिष्टलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ गोकर्णेश्वर नगरपालिका–८ बस्दै आएकी शर्मिलाले ४ लाख ५० हजार रूपैयाँ लिए पछि सम्पर्कबिहीन भएको एक पीडितले उजुरी दिएको केन्द्रीय प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टेकुबाट उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार शर्मिलालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभागलाई बुझाइएको छ ।