विराटनगर– काठमाडौं, इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा माघ २९ देखि फागुन १ सम्म संचालन भएको ‘‘२०औँ हेड अफ एनसीबी कन्फरेन्समा नेपालको तर्फबाट सहभागी भइ एआईजी दिपक थापाको टोली बुधबार स्वदेश फर्किएको छ ।
हेड अफ एनसीबी कन्फरेन्समा मुख्य रूपमा बालबालिका विरुद्ध अपराधको परिदृश्य विषय लगायत अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको नियन्त्रण सम्बन्धमा इन्टरपोलका सदस्य राष्ट्रका एनसीबी प्रमुखहरू, इन्टरपोल महासचिव तथा पदाधिकारीहरू बिच समन्वय तथा सहकार्यको विषयमा छलफल भएको थियो । उक्त कन्फरेन्समा नेपालको तर्फबाट एनसीबी काठमाडौंका शाखा प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले उक्त विषयमा प्रस्तुतीकरण दिनु भएको थियो । उक्त टोली
कन्फरेन्समा सहभागी हुन माघ २७ मा त्यसतर्फ प्रस्थान गरेको थियो ।