विराटनगर- क्यानाडाको प्रधानमन्त्री जस्टिन ट्रूडोले रूसको तेल ट्यांकर र जहाज माथि प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ‌। उनले सामाजिक सञ्जाल  'एक्स' मा लेखेका छन्, 'तेलबाट हुने आयलाई रुसले यूक्रेन विरुद्धको युद्धको कोषको रुपमा प्रयोग गरिरहेका छन् ।'

अंतर्राष्ट्रियप्रतिबन्धबाट बच्न रुस जहाज़को मार्फत अबैध रुपले आफ्नो तेललाई संसारभरि पुर्याइरहेको छ ।'

 ट्रूडोले युक्रेनको राजधानी किभबाटै रूसको १ सय ९ तेल ट्यांकर र जहाज़ माथि नयाँ प्रतिबन्ध लगाउने घोषणा गरेको बताए। यस अगाडि उनले भनेका थिए,'स्थायी शांतिको लागि युद्धलाई एक्लै जित्न सकिन्न, यसैले हामी  यूक्रेनमा छौँ, किभमा राष्ट्रपति जेलेंस्कीसँग संवाद गर्दै क्यानाडा सदैव यूक्रेनको साथ उभिएको भनेका छौं ।' यूक्रेनमा शांति स्थापित गर्न र संप्रभुता कायम राख्नका लागि क्यानाडाको तर्फबाट नयाँ सैन्य मदद दिने भनेको उनले बताए ।