विराटनगर  । काृशी प्रदेशको छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित प्रहरीले ९ जनालाई पक्राउ  गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा बिराटनगर महानगरपालिका–१५ स्थितबाट भारतबाट नेपाल तर्फ आउँदै गरेका मोरङ उर्लाबारी नगरपालिका–६ का ३२ बर्षीय सन्नी लामाको साथबाट ८ ग्राम ४१० मिलिग्राम ब्राउन सुगर र मोरङ सुनबर्षि नगरपालिका–१ का २२ बर्षीय सनम तामाङको साथबाट १ ग्राम ४४० मिलिग्राम र पथरी शनिश्चरे नगरपालिका–६ का २२ बर्षीय अनिल राईको साथबाट  २ ग्राम १४० मिलिग्राम ब्राउन सुगर बरामद भएपछि पक्राउ गरिएको छ ।

यस्तै, झापाको दमक नगरपालिका–६ बाट इलाका प्रहरी कार्यालय दमकबाट खटीएको प्रहरी टोलिले पाचँथर मिक्लाजुङ गाँउपालिका–५ का २६ बर्षीय बिशाल भुजेललाई ट्रमाडोल १४० क्याप्सुल, स्पासेन १४० चक्कीसहित पक्राउ गरिएको छ ।

त्यसैगरी मेचीनगर नगरपालिका(५ स्थितबाट  इलाका प्रहरी कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय नकलबन्दा झापाबाट खटिएको प्रहरी टोलिले स्थानिय ५२ बर्षीय देवी प्रसाद बुढाथोकीलाई ५६० ग्राम गाजाँ सहित पक्राउ गरेको छ ।

त्यसैगरी फागुन १३ गते राति सुनसरी धरान उप(महानगरपालिका(२ स्थितबाट वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलिले धरान उप(महानगरपालिका–१५ का २६ बर्षीय गणेश राई, २५ बर्षीया भिम कुमारी बिश्वकर्मा र ३० बर्षीय आशिष खातीलाई ट्रमानिल ११ सय ९४ क्याप्सुल, स्पासपेन १४ सय ९० ट्याब्लेट, स्पासरेष्ट ७,  डेकोलिक ११ सय ७५  र  मेडोमोल ८ चक्की प्रतिबन्धित औषधीसहित पक्राउ गरिएको हो भने जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलिले उदयपुरको त्रियुगा नगरपालिका–१० बाट उदयपुर नगरपालिका–१२ का १९ बर्षीय दिलिप घिमिरेको साथबाट डाईजेपाम ६, फेनार्गन ६, आईपिपिएल ६ गरी १८ एम्पुलसहित पक्राउ गरिएको  छ । प्रतिबन्धित लागूऔषधसहित  पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।