विराटनगर- विराट गाेल्डकपकाे उद्घाटन खेलकाे पहिलाे हाफ टाइमसम्मा रिजालको मोरङ एफसी र भारतीय टिम साउथर्न समिति फुटवल क्लव कलकता २/२ गाेलकाे बराबरीमा रहेकाे छ ।
खेल सुरू भएकाे ११ अैाँ मिनेटमा रिजालकाे माेरङका अविशेक गरूङले गाेल गर्दै खाता खाेलेका थिए । त्यसलगत्तै खेलकाे १३ अैाँ मिनेटमा कलकताका सुदिपता हाल्देनले गाेल फर्काएर खेललाई बराबरीकाे अवस्थामा पुर्याएकाे थियाे ।
कलकताकाे अनिमेशले खेलकाे ३४ अैाँ मिनेटमा गाेल गर्दै टिमलाई १-२ काे अग्रता दिलाए तर खेलकाे ४६ अैाँ मिनेटमा रिजालकाे माेरङका दाेर्जे तामाङले पेल्यान्टी सुटआउटमा गाेल गर्दै खेललाई २-२ काे बराबरीकाे अवस्थामा ल्याए ।