विराटनगर- मकवानपुर प्रहरीले बलात्कारको आरोपमा ७ किशोरहरुलाई पक्राउ गरेको छ । उक्त घटनाका सातै आरोपित किशोरहरु १८ वर्षभन्दा मुनिका छन्।
प्रहरीका अनुसार पक्राउ किशारहरु हेटौंडाभित्रकै हुन् । गत माघ ६ गते बिहान साढे आठ बजे हेटौडा -२ स्थित वनस्खण्डी मन्दिरभन्दा माथिको जंगलमा जबरजस्ती करणी भएको उजुरी बुधबार पीडित युवतीले दिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस बारेमा मुख खोलेमा भेटिएको ठाउँमा हत्या गरिदिने धम्कि दिइएकोले पीडित मानसिक रुपले विक्षिप्त भएर धेरै समय समय सम्म उजुरी दिन नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती किशोरहरुले युवतीलाई पछ्याउन र निगरानी गर्न छाडेका थिएनन् ।
हेटौंडाभित्रको विभिन्न स्थानमा बस्ने उनीहरुमध्ये ५ जनालाई बिहीबार र दुई जनालाई शुक्रबार नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालतबाट जबरजस्ती करणी कसुर मुद्दामा ५ दिनको अनुसन्धान म्याद लिइएको प्रहरीले जनाएको छ ।